पाहुना टिम कञ्चनजंगालाई ५-२ले हराउँदै मच्छिन्द्र क्लव सेमिफाईनल प्रवेश

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र ६, २०७९

इटहरी/ मच्छिन्द्र फुटबल क्लब काठमाण्डौ सुनसरीको इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली कञ्चनजंगा फुटबल क्लव वेष्ट बंगाललाई ५-२ले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो।

इटहरी रंगशालामा भएको तेश्रो क्वाटरफाईनल खेलमा मच्छिन्द्रका टिम कप्तान अफिज ओलावाले चम्कँदा मच्छिन्द्रको जित निस्किएको हो। खेलमा ओलावालेले एक्लै ४ गोल गरे भने अर्का खेलाडी बिजय भुजेलले एक गोल गरे। कञ्चनजंगाको तर्फबाट जर्सी नम्बर ११ का अनिस राईले पनि दुईगोल फर्काएका छन्।

पहिलो खेल बराबरी खेलेका दुवै टिमले मध्यान्तर पछाडी भने मच्छिन्द्रका ओलावाले चम्किएका थिए। मध्यान्तर अघि पनि गोल गरेका ओलावालेले एकपछि अर्को गोलको बर्षा नै गरेका थिए।

आजको खेलको म्यान अफ द म्याच मच्छिन्द्रका अफिज ओलावाले घोषित हुँदै नगद १० हजार र मेडल प्राप्त गरे। IMG_8924

उनलाई इटहरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बिष्णु डाँगी र सचिव सिनेट रिजालले पुरस्कृत गरेका थिए।

चैत ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र उपबिजेता टिमले ५ लाख रुपैया पुरस्कार पाउने छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैया प्रदान गरिनुका साथै बिभिन्न बिधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउने छन्।

छुटाउनुभएको छ भने यो पनि : 

१)क्यामरुनलाई हराउँदै सगरमाथा फुटबल क्लव, इटहरी गोल्डकपको सेमिफाईनलमा

२)चर्च ब्वाइज क्लब आयोजकलाई हराउँदै इटहरी गोल्डकपको सेमिफाईनलमा


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved